यता बाबा उता आमा मेरा दुई आँखा
ममताकी खानी आमा कर्मनिष्ठ बाबा
आमा संस्कार सिकाउने बाबा पढ्न लेख्न
राम्रो के हो नराम्रो के ? सक्छु छुट्याउन ।

खाने लाउने मैले के हो आमा भन्नुहुन्छ
संसारलाई जित्नुपर्छ बाबा थप्नु हुन्छ
आमाको हात बाबाको साथ मैले पाएको छु
मनभित्र दुबैलाइ राख्न पाएको छु ।

मलाई चोट लाग्यो भने आमा रुनु हुन्छ
डाक्टर अनि ओखती चै बाबा खोज्नुहुन्छ
सधँैभरि आमा–बाबा भन्न पाइरहूँ
तपाईंका सामु ब्यथा पोख्न पाइरहुँ ।

 

अनुशा पाण्डे
आदर्श योगहरि माबि
कक्षा ५
रोल नं ४