हजुरबा भन्नूहुन्छ
नानी ज्ञानी बन
हजुरआमा भन्नु हुन्छ
मन्सु ज्ञानी छन्
पढ्न पनि पढिरन्छे
घरकाे काम गर्छे
हजुरबालाइ केही भने
तेस्लाइ आखा तर्छे
हजुरआमा कतै गए
न्याश्रिए झै गर्छे
हजुरबा काे वरिपरि
स्याहार सुसार गर्छे
पाठशालामा नि भन्छन्
ए प्लस आउँछ सँधै
ध्यान दिएर सुनी रन्छे
हाेम वर्क गर्छे सँधै
कक्षाभरि मन्सु ज्ञानी
अनुशासित बन्छे
मनिटर वनायाे भने
कक्षा कन्ट्राेल गर्छे
गफ गर्न रुचाउन्न
ठेट कुरा गर्छे
जिस्क्याइ हाले कस्ले भने
यत्रा आँखा तर्छे ।
प्रतिक्रिया दिनुहोस्