प्रतीक भण्डारी

बूढानीलकण्ठ स्कूल

कक्षा  ७

 

हिउँको ओढ्निले ढाकेर, पत्थरको अंग धरी ,

पशुपन्छी आफूमाथि राखेर, फूल नाना थरी।

हरियो पहाडलाई श्वेत हिमालले, गुलाम बनाएर ,

आँसुको रूपमा कञ्चन, नदीनाला बगाएर।।

 

राख्छ देशको मान, ठूलो हिउँको पुञ्जले ,

राख्छ पशुपन्छीको ध्यान, त्यहाँको निकुञ्जले।

सम्म भूमिलाई बनाई राख्छ, सुकुलको रुपमा ,

राख्छ हिमालले स्थानलाई, शीतल शान्त रूपमा।।

 

अनमोल रत्नहरुले झकिझकाउ  गरेझैँ ,

यो ठाँउ रहन्छ सधैँ इन्द्रको स्वर्ग झैँ।

चट्याङ्ग ल्याई गर्जने मेघ, यसको सामु चुप हुन्छ ,

यसको आरोहण गर्न त, धेरै मान्छेको मन हुन्छ।।

 

डाँफे यहीँ बसेर गाउँछ, मीठो स्वरमा ,

बसेझैँ लाग्छ पहाड, यसको नै करमा।

अनन्त आनन्दको श्रोत यो, विशाल हिमाल ,

यसको काखमा स्थित छ, प्यारो देश नेपाल।।