दि ईटर्नल फाउण्डेसन नेपालले अटिजम भएका बालबालिकाहरुका लागि पचास हजार रूपैँया सहयोग प्रदान गरेको छ । अटिजम भएका बालबालिका तथा युवाका लागि व्यवहारोपयोगी शिक्षा दिई परिवार तथा समाजमा पुनर्स्थापना गराउन क्रियाशील उक्त  केन्द्रलाई   सहयोग प्रदान गरेको हाे । फाउण्डेसनका पदाधिकारीहरूले राजधानीमा शुक्रबार अयोजित एक कार्यक्रमबीच केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

केन्द्रको भवन निर्माणका लागि सहयोग स्वरूप फाउन्डेसनले उक्त रकम उपलब्ध गराएको फाउसनले जनाएकाे छ ।  ईटर्नल फाउन्डेसन अति विपन्न तथा असहायहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा करिब एक दशकदेखि क्रियाशील रहेकाे फाउण्डेसनका अध्यक्ष श्रीश भण्डारीले बताउनु भयाे ।

उक्त अवसरमा पुनर्स्थापना केन्द्रका अध्यक्ष उप्रेतीले यस्तै सहयोगहरूबाट नै केन्द्रले अटिजम भएका थुप्रै बालबालिकाहरूको स्याहारसुसार, शिक्षा र सीप विकास गराउनुका साथै केन्द्रको आफ्नै भवन बनाउनसमेत सफल भएको बताउनुभयो ।