बालसाहित्यका सर्जक श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ।

बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बुक्स हिमालयले बजारमा ल्याएको हो। मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाइ, र बुबाको एसएमएस सहित ७ कथाहरु ‘पोलेको मकै’मा सङ्ग्रहित छन्। सर्जक गङ्गा कर्माचार्य पौडेलको सम्पादनमा रहेको बालकथा सङ्ग्रह ‘पोलेको मकै’को आवरण निकै आकर्षक छ। राजकुमार प्रजापतिको चित्र रहेको याे बालकथा सङ्ग्रहको मूल्य ९९ सय रुपैयाँ छ।

‘पोलेको मकै’ को बजार व्यवस्थापन हिमालय म्याप हाउस प्रालिले गरेको छ। किताबमा पहाडी भेगका विषयवस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। विद्यालय तहका सबै विद्यार्थीहरूका लागि कथा सङ्ग्रह उपयोगी हुने कथाकार राईको भनाइ छ। यस बालकथा सङ्ग्रहमा बालमनोविज्ञानलाई ध्यान दिइएको छ। कथाहरू रमाइला र शिक्षामूलक छन् । सर्जक राईको यसअघि टोली नेता (बालकथा सङ्ग्रह–२०७४), आजका लघुकथा (संयुक्त लघुकथा सङ्ग्रह–२०७४) प्रकाशित छन् ।