प्रतीक भण्डारी
बूढानीलकण्ठ स्कूल
कक्षा ७
हिउँको ओढ्निले ढाकेर, पत्थरको अंग धरी ,
पशुपन्छी आफूमाथि राखेर, फूल नाना थरी।
हरियो पहाडलाई श्वेत हिमालले, गुलाम बनाएर ,
आँसुको रूपमा कञ्चन, नदीनाला बगाएर।।
राख्छ देशको मान, ठूलो हिउँको पुञ्जले ,
राख्छ पशुपन्छीको ध्यान, त्यहाँको निकुञ्जले।
सम्म भूमिलाई बनाई राख्छ, सुकुलको रुपमा ,
राख्छ हिमालले स्थानलाई, शीतल शान्त रूपमा।।
अनमोल रत्नहरुले झकिझकाउ गरेझैँ ,
यो ठाँउ रहन्छ सधैँ इन्द्रको स्वर्ग झैँ।
चट्याङ्ग ल्याई गर्जने मेघ, यसको सामु चुप हुन्छ ,
यसको आरोहण गर्न त, धेरै मान्छेको मन हुन्छ।।
डाँफे यहीँ बसेर गाउँछ, मीठो स्वरमा ,
बसेझैँ लाग्छ पहाड, यसको नै करमा।
अनन्त आनन्दको श्रोत यो, विशाल हिमाल ,
यसको काखमा स्थित छ, प्यारो देश नेपाल।।
प्रतिक्रिया दिनुहोस्