शुभकामना स्कुलमा  आयोजित रोबोटिक्स, STEAM तथा एआई प्रदर्शनी अत्यन्तै भव्य र प्रभावशाली रूपमा सम्पन्न भएको छ। करिब एक दर्जनभन्दा बढी फरक–फरक यान्त्रिक मोडलहरू, तथा अन्य विषयहरूको प्रायोगिक सिकाइका आकर्षक प्रस्तुति राखिएको प्रदर्शनीमा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी तथा अन्य विद्यालयका विद्यार्थी र शिक्षकसमेतको अत्यधिक उपस्थिति रहेको थियो।

प्रदर्शनीमा WiFi Car, Traffic Light System, Robot, Water Tank Siren System, विभिन्न Game Machines, सामान ओसार–पसार गर्न सकिने Drone लगायतका उपकरणहरूले सबैको ध्यान आकर्षित गरे।

कार्यक्रममा Nepa Tronix ले प्राविधिक सहयोग प्रदान गरेको थियो। साथै Lions Club of Kathmandu Jorpati, Leo Club of Jorpati, Lions Club of Kathmandu, तथा Samaj Dental Hospital को सहकार्यमा निशुल्क आँखाको शिविर तथा निशुल्क दन्त परीक्षण सेवा पनि उपलब्ध गराइयो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका–४ का वडा अध्यक्ष श्री जयराम महतज्यूले विद्यालयले साना नानी–बाबुहरूलाई बालमै प्रविधि, सीप, खेल तथा मनोरञ्जनसँगै उत्कृष्ट शिक्षा प्रदान गर्दै आएकोप्रति खुशी व्यक्त गर्नुभयो। उहाँले अभिभावक तथा व्यक्तित्वहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई अझ प्रेरणादायी बनाएको बताउनुभयो।

विद्यालय परिवारले प्रत्येक मोडेल निर्माण र प्रस्तुतिमा समर्पित मेहनत गर्ने शिक्षकहरू, सहयोगी अभिभावकहरू, तथा प्रतिभाशाली विद्यार्थीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

विद्यालयको विश्वास छ कि यस्ता कार्यक्रमहरूले विचारक, सिर्जनाकर्ता, आविष्कारक र दयालु नेतृत्वकर्ताको नयाँ पुस्ता निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

Subhakamana School ले विद्यार्थीहरूलाई उनीहरूको क्षमताको पूर्ण विकास गर्न प्रविधि–आधारित सिकाइ, परियोजना–आधारित शिक्षण, तथा आध्यात्मिकता समेटिएको शिक्षा प्रणाली प्रयोग गर्दै आएको छ। विद्यालयको दृष्टि विज्ञान, प्रविधि र आध्यात्मिकतालाई एकीकृत गर्दै दक्ष, जिम्मेवार र समाजपरिवर्तनकारी व्यक्तित्व विकास गर्ने हो।

नानीबाबुअनलाईन
थप जानकारी