चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो जसलाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व पाँचौँ शताब्दी देखि सोह्रौँ शताब्दी सम्म बनाईयो ।

यो बिशाल पर्खाल ६,४०० किलोमीटर (१०,००० ली, चीनी लम्बाई मापन एकाई) क्षेत्रमा फैलिएको छ । यसको विस्तार पूर्वमा शानहाइगुआन देखि पश्चिममा लोप नुर सम्म छ, र यसको कुल लम्बाई लगभग ६७०० कि.मी. (४१६० माइल) रहेको छ ।