नानीबाबु । क्युट नानीबाबु कन्टेष्टका कन्टेष्टेड नम्वर ६२ पोखराकी ६ वर्षिया स्मिबुङ राई अत्याधिक लाइक पाएर ‘टप वान’ अर्थात प्रथम स्थान प्राप्त गरि विजयी भएकी हुन् । उनी पोखराकै हरि र करुणा राईकी सुपुत्री हुन् । उनी २ सय ६ प्रतिस्पर्धिलाई पछाडी पार्दै प्रथम हुन सफल भएकी हुन् ।

टप टु’ अर्थात दोस्रो हुनेमा कन्टेष्टेड नम्वर १३१ झापाकी आईसा उप्रेती रहेकी छन् । उनी झापाकी मञ्जिल र सुजिता उप्रेतीकी सुपुत्री हुन् ।
‘टप थ्री ‘ अर्थात तेस्रो हुनेमा कन्टेष्टेड नम्वर २० उदयपुरकी श्रीयाङ्श भण्डारी रहेका छन् । उनी उदयपुरका सुनिल र यशोदा भण्डारीकी सुपुत्र हुन् । ‘टप फोर’ अर्थात चौठो (सान्वना) हुन सफल कन्टेष्टेड नम्वर १९५, लुम्विनीकी अक्सरा बुढाथोकी रहेकी छिन् । उनले २ सय ३ प्रतिस्पर्धिलाई पछि पार्दै टप फोरमा आएकी हुन् । वियजी प्रतियोगी नानीबाबुलाई लकडाउन खुलेपछि पुरस्कार वितरण गरिने क्युट नानीबाबु कन्टेष्टका सँयोजक यमुना पराजुली अधिकारीले बताइन् । उहाँले विजयी प्रतियोगीहरुलाई बधाई ज्ञापनका साथै प्रतियोगितामा सक्रिय सहभागी भएका सबै नानीबाबु र अभिभावक र नानीबाबुका टीमलाई धन्यवाद व्यक्त गर्नु भएको छ । साथै निकत भविष्यमै क्युट नानीबाबु कन्टेष्ट – २ आयोजना गरिने उहाँले बताउनु भयो ।

विश्व कोभिड १९ कोरोना भाइरसको कहर सँग लडिरहेको छ । नेपालमा पनि यसको भाइरस सँक्रमित बढ्दै गएको छ । सरकारले गत चैत्र ११ गतेबाट भाइरसबाट जोगिन मुलुक लकडाउन गरिएको छ । घर भित्रै बस्नुपर्दा बालबालिका र अभिभावकको लकडाउन समयको सदुपयोग गर्न नानीबाबु अनलाइनले क्युट नानीबाबु कन्टेष्ट आयोजना गरिएको हो । गत बैशाखमा क्युट नानीबाबु कन्टेस्ट सुरु गरेको थियो । उक्त्त कन्टेस्टमा क्राइट एरियाभित्र परेका र समयावधिभित्र प्राप्त प्रतियोगीलाई प्रतिस्पर्धामा सहभागी गराएका थिए ।