–हरिप्रसाद भण्डारी

मेरी सानी नातिनी नाम उन्को बाटुली
हेर्दा सानी सानी छन् तर निकै ज्ञानी छन्
कोरोनाको लहर आयो गाउँ शहर
बन्दाबन्दी भएर स्कुल सबै बन्द छन् ।

खेल्न जान पाउँदिनन् गीत पनि गाउँदिनन्
एक्लै खेल्न मान्दिनन् किताब पढ्न जान्दिनन्
दिन काट्न गाह्रो भो, कोरोनाले साह्रो भो
भन्छिन् बुबा बाहिर जाम् मीठो मीठो खाजा खाम् ।

बाहिर जान हुँदैन कोरोनाले समाउँछ
हामीलाई देखेर खुशी हुन्छ रमाउँछ
कोरोनालाई हराउन घरै बस्नु पर्छ रे
जथाभावी हिँडेमा सजिलै त्यो सर्छ रे !

बाहिर जान नखोज मेरी प्यारी नातिनी
बुढो मान्छे भए नि तिम्रो साथी म छु नि
माछो माछो भ्यागुतो, भाँडाकुटी खेलौँ है
घरभित्रै बसेर कोरोनालाई पेलौँ है ।
+++
वैशाख २४, २०७६
तिलोत्तमा– ८, रुपन्देही