राजधानीको गोकर्णेश्वर -४, उत्तरबाहिनीस्थित शुभकामना स्कुलमा हजुरबुबा सम्मान कार्यक्रम आयोजना गरिएको छ । हजुरबुबा नै हजुरबुबाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उहाँहररूलाई नातिनातिनाहरूले आफैँले बनाएको बुके र ग्रिटिङ कार्डहररू प्रदान गरी सम्मान व्यक्त गरेका थिए । साथै उहाँहरूलाई खादा लगाइदिएर र मीठो खाजा खुवाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा स–साना नानीबाबुहररूले रमाइलो नृत्य प्रदर्शन गर्नुका साथै गीतहरू पनि गाएका थिए । नानीबाबुहरूलाई हजुरबुबाहररूले साथ दिनुभएको थियो । उहाँहरूले नाति नातिनीहरूलाई आफ्नो पालाका कथाहररू सुनाउनु भएको थियो ।
उक्त कार्यक्रमले हजुरबुवा र नाति नातिनाहररूबीचको सम्बन्धमा एकता, सद्भाव र प्रगाढता विकास गरेको शुभकामना स्कुलका संस्थापक प्रकाश अधिकारीले बताउनुभयाे । उक्त कार्यक्रममा सहभागी हजुरबुवाहररूले खुशी भएर सबै विद्यार्थी तथा सिङ्गो विद्यालय परिवारलाई आशीर्वाद दिनुभएको थियो । नयाँ पुस्तासँग आफ्नाे सम्बन्ध प्रगाढ बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरिदएकोमा उहाँहरूले विद्यालयप्रति आभार पनि व्यक्त गर्नुभयाे ।
२०८१ साल भाद्र १६ का दिन आयोजित उक्त कार्यक्रमका अधिकांशले सहभागीले कार्यक्रम नौलो र रमाइलो भएको बताए । विद्यालयका संस्थापक प्रकाश अधिकारीले यस स्कुलले बेलाबेलामा यस्तै उत्साहवर्धक कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्दै शुभकामना स्कुललाई यस क्षेत्रकै नमूना एवं उत्कृष्ट विद्यालय बनाउने प्रण गर्नुभयाे । यस विद्यालयले सुसंस्कार, प्रयोगात्मक र आधुनिक प्रविधिसहितकाे शिक्षालाई अवलम्बन गर्दै आइरहेको उहाँले जनाउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्